images
images

महाकालीमा एकतर्फीरूपमा तटबन्ध बनाउँदै भारत


  • 938
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    महाकालीमा एकतर्फीरूपमा तटबन्ध बनाउँदै भारत

    काठमाडौं । नेपाल-भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो।

    भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड(लास्कुखोलामहाकाली नदी किनार–नमसिकारकिम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् । भारतले पहिलेको तटबन्धभन्दा ९ मिटर वरै (नेपालतर्फ) सीमा रहेको महाकाली नदीको पानी नेपालतर्फ धकेलिने गरी तटबन्ध बनाउन थालेको हो। 

    भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ १ मिटर वरै पुनः जेसिवी चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको छ, सदरमुकाम खलंगाका स्थानीय भोजराज जोशीले भने, ुहामीले पटकपटक विरोध गरेका छौं, तर पनि नत भारतीय पक्ष पछि हट्छ, नत नेपालतर्फको स्थानीय प्रशासनले नै सुन्छ।

    भारतले यसरी आफूखुसी महाकाली नदी साँघुरिनेगरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुगने आँकलन गरिएको उनले बताए। उनले भने, महाकाली नदीलाई भारतले आफ्नोतर्फको जमिनमा ड्याम बाँधेर तटबन्ध गरिँदा नदी साँघुरिने भई त्यसले नेपालतर्फको भूभागमा क्षति पुग्ने निश्चित छ।


    images
    images

    Logo