images
images

१० जिल्लामा फैलियो बर्डफ्लु, नियन्त्रणका लागि रकम र जनशक्ति अभाव


  • 603
    SHARES
  • २०७८ चैत्र ५ गते शनिबार

    १० जिल्लामा फैलियो बर्डफ्लु, नियन्त्रणका लागि रकम र जनशक्ति अभाव

    काठमाडौं । १० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ।

    विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको छ । 

    उनले १० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको अभाव भएको बताए । उनले भने, “किसानलाई क्षतिपूर्ति दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ तर हालसम्म त्यसको केही प्रतिक्रिया आएको छैन ।” अहिले पाँचदेखि छ करोड रुपियाँ माग गरिएको उनले बताए। 


    images
    images

    Logo