images
images

राष्ट्र बैंकले गर्यो १४ बाणिज्य बैंकलाई कारवाही 


  • 563
    SHARES
  • २०७८ चैत्र २ गते बुधबार

    राष्ट्र बैंकले गर्यो १४ बाणिज्य बैंकलाई कारवाही 

    काठमाडौं । राष्ट्र बैंकले १४ बाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक बर्षको २०७८÷७९को दोस्रो त्रैमासमा १४ बटा बाणिज्य बैंकलाई कारवाही गरेको हो ।

    कारवाहीमा पर्ने बैंकहरु प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नविल बैंक, हिमालयन बैंक, नेपाल एसविआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक रहेका छन् । 

    प्रभु बैंकलाई तोकिएका अनिवार्य नगद मौज्दात कायम नगर्दा राष्ट्र बैंकले १ लाख ८० हजार ४ सय ३० रुपैयाँ ४० पैसा जरिवाना तिराएको छ । 

    त्यस्तै, नेपाल बैंकले संस्थागत मुद्धती निक्षेपमा नियम विपरीत बढी व्याज दिएको थियो । त्यसैगरी ब्याजदर नीति उल्लंघन गर्नेमा राष्ट्रिय वाणिज्य बैंक, नबिल, हिमालयन, नेपाल एसबिआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा र सेन्चुरी बैंक रहेका छन् । यी बैंकहरुले ३ महिनासम्म संस्थागत मुद्दतीको ब्याजदर परिवर्तन गर्न नपाउने नियम उल्लंघन गरेका हुन् । 

    उता, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र एनएमबि बैंक समेत ब्याजदर नीति उल्लंघन गर्दा कारवाहीमा परेका छन् । यी बैंकहरुले निक्षेपमा राख्नु पर्ने ५ प्रतिशतको ब्याजदर अन्तर (स्प्रेडदर) कायम गरेका थिएनन् । यसरी नियम उल्लंघन गरेको राष्ट्र बैंकले औल्याएपछि यी बैंकहरुले दोस्रो पटक यस्तो गल्ती नगर्ने प्रतिवद्धता गरेको उल्लेख गरिएको छ । राष्ट्र बैंकले यी सबै बैंकहरुको सीइओलाई बोलाएर सचेत गराएको थियो ।

     


    images
    images

    Logo