काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको एयर इन्डियाको काठमाडौं–कोलकत्ता उडान पुनः सुरु हुने भएको छ । एयर इन्डियाले मार्च २७ गतेदेखि कोलकत्ता–काठमाडौं–कोलकत्ता उडान सुरु गर्ने भएको हो ।
सो गन्तव्यमा एयर इन्डियाले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी हप्तामा ४ उडान गर्नेछ । सो उडानका लागि एकतर्फी सुरुवाती भाडा १० हजार २ सय ६२ र दुईतर्फी भाडा १८ हजार ५ सय ९१ रुपैयाँ तोकिएको छ ।