images
images

अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा संचालन


  • 567
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा संचालन

    पोखरा। अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा संचालन आउने भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउनेभएको हो।

    कोसेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म संचालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए।

    बिहानी सेवा संचालनसंगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शनतथा सांझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।  गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म २ हजार ४ सय  मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल ९ देखि १०मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । 

    १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा ८ जना सम्म बसेर  सयर गर्न सकिनुका साथै १ घण्टामा ५ सय जनासम्मले यात्रा गर्नसकिने बताईएको छ । 

    कम्पनीले नेपालीका लागि  ७ सय रुपैयाँ , सार्क राष्ट्रका पर्यटकका लागि  ८ सय रुपैयाँ  र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी विधार्थीकालागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

    पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी २ अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले  जानकारी दिए । 

    शुरुमा १ अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुलेगर्दा लागत बढेको बताईन्छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।


    images
    images

    Logo