images
images

चुनावको मुखमा सिडेनले गर्यो १३ सदस्यलाई कारबाही


  • 622
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    चुनावको मुखमा सिडेनले गर्यो १३ सदस्यलाई कारबाही

    काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले १३ जना सदस्यलाई कारबाही गरेको छ । बुधबार सिडेनले विद्रोह गरेर नयाँ उम्मेदवारी घोषणा गरेका १३ जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिदिएको हो । 

    यसरी कारबाहीमा पर्नेमा दिलिप कुमार झा, ऋषि कोइराला, कृष्णसिंह बस्नेत, सुधिर गुरागाइँ, ढुण्डिराज दाहाल, गराग कायस्थ, बज्रमान सिंह थापा, नविन तिवारी, जीवन कुमार श्रेष्ठ, प्रवेश कुमार आचार्य, रत्नेश्वरलाल कर्ण, भगतमान सिंह प्रधान, टेकराज बोहोरा रहेका छन् । 

    शुक्रबार र शनिबार नेपाल इन्जिनियरिङ एशोसिएसन (एनईए) को निर्वाचन हुँदैछ । सो निर्वाचनमा सिडेनका तर्फबाट आधिकारिक र बागी गरी २ प्यानलमा प्रतिस्पर्धी रहेका छन् । बागी उम्मेदवारी दिएका हरुलाई सिडेनले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।


    images
    images

    Logo