images
images

डोलेश्वरमा आज गर्भगृहसम्मै पुगेर पुजा गर्न पाइने, बिहानैदेखि भक्तजनको भिड


  • 145
    SHARES
  • २०८३ भाद्र ६ गते शनिबार

    डोलेश्वरमा आज गर्भगृहसम्मै पुगेर पुजा गर्न पाइने, बिहानैदेखि भक्तजनको भिड

    भक्तपुर । प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको भिड लागेको छ । डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको दिन अर्थात भदौ ६ गते सर्वसाधारणले मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने भएकाले बिहान ४ वजेदेखिनै भक्तजनको भिड लागेको हो । 

    केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, मन्दिरमा बिहान ४ बजेदेखिनै पूजा तथा दर्शनका लागि मन्दिरका चारवटै ढोका खुल्ला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि वर्षमा तीन दिन मन्दिरभित्रै गर्भगृहमा प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था मिलाइएको छ । 

     आजैका दिन साउन १ गतेदेखि डोलेश्वरमा सञ्चालित श्रावणी मेलासमेत समापन गरिने कार्यक्रम रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार, आज बिहानैदेखि साउनको सोमवारकै हाराहारीमा भक्तजनको भिड लागेको छ । 

    भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिरमा स्वदेशी संगै उल्लेख्य संख्यामा भारतीय तिर्थयात्री आएको अध्यक्ष बस्नेतको भनाई छ । 

    डोलेश्वरको श्रावणी मेलामा यसअघिका वर्ष शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गरेपनि पछिल्लो समय सरकारले आईतवार सार्वजनिक विदा दिनथालेपछि सो दिनसमेत भक्तजनको उल्लेख्य सहभागिता रहन थालेको अध्यक्ष बस्नेतले जानकारी दिए । 

    मेलाका क्रममा करिव एक करोड रुपैयाँ संकलन भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले बताए । डोलेश्वरको श्रावणी मेलाको समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने कार्यक्रम रहेको सुर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए । 

    डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेको दिनलाई सूर्यविनायक नगरपालिकाले नगरपालिकाभरी सार्वजनिक विदासमेत दिदै आएको छ । डोलेश्वरमा शिव पार्वतीको बिवाह भएको दिन अक्षय तृतीया र शिवरात्रीका दिन गर्भगृहसम्मै पुगेर आफैले पुजा गर्न पाउँने व्यवस्था गरिएको छ । 


    images
    images

    Logo