images
images

नुवाकोटमा बसले माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन जना घाइते


  • 199
    SHARES
  • २०८३ श्रावण ३० गते शनिबार

    नुवाकोटमा बसले माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन जना घाइते

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस अचानक गुडेर पार्किङमा राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    आज बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक छेउमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए ।

    दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । उनीहरूमध्ये दुई जनालाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृत्यु हुनेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका–८ बस्ने ५४ वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ बस्ने ६५ वर्षीय उदयमाया खत्री रहेका छन् ।

    दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीय सुजता पोखरेल, काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१० बस्ने ४२ वर्षीय सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ६० वर्षीय ज्ञानु श्रेष्ठ घाइते भएका छन् ।

    घाइते तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo