images
images

बाढीले चार घर र एउटा झोलुङ्‍गे पुल बगायो


  • 199
    SHARES
  • २०८३ श्रावण २९ गते शुक्रबार

    बाढीले चार घर र एउटा झोलुङ्‍गे पुल बगायो

    काठमाडौ । जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले गएराती चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको हो ।

     बाढीका कारण भेरी करिडोर सडक खण्ड समेत जोखिममा परेको छ । वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयहरूले बताएका छन्।


    images
    images

    Logo