काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् । बिहिवार अपरान्ह बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन् ।
कांग्रेसका तर्फबाट मुख्यमन्त्री शाह एमाले र नेकपाको गठबन्धनपछि अल्पमतमा थिए । प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।शाहको विश्वासको मत लिने आज अन्तिम दिन थियो । राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी समेत शाहले सभालाई गराएका छन्। बजेटको विषयमा असहमति जनाउदै नेकपा एमालेले शाहलाई दिएको समर्थन ३१ असारमा फिर्ता लिएको थियो ।
शाहको राजीनामासंगै सुदुरपश्चिममा नेकपाको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुलेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताइएको छ ।



