images
images

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो, पाँचजना अझै बेपत्ता


  • 198
    SHARES
  • २०८३ श्रावण २८ गते बिहीबार

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो, पाँचजना अझै बेपत्ता

    काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परेका पाँचजना अझै वेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    पहिरोमा परी मृत्यु हुनेहरूमा १८ वर्षीया शान्ति पुनमगर, ६५ वर्षीय कमलबहादुर पुनमगर, ४० वर्षीया जुनकुमारी पुनमगर, नौ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर रहेका छन् । मृत्यु हुनेहरूमध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेको थियो ।

    बेपत्ता हुनेहरूमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनि पुनमगर र ६७ वर्षीया हस्तकला पुनमगर छन् । पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

    लगातार वर्षाको कारण लेदोसहितको पहिरो आइरहेका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाईते हुनेमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर रहेका छन् । उनीहरू दुवैजनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवल पठाइएको छ ।


    images
    images

    Logo