images
images

कुन कुन दुई मन्त्रालयका सचिवले दिए राजीनामा ?


  • 191
    SHARES
  • २०८३ श्रावण २७ गते बुधबार

    कुन कुन दुई मन्त्रालयका सचिवले दिए राजीनामा ?

    काठमाडौं । नेपाल सरकारका दुई सचिवले राजीनामा दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका हुन्।

    उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको बताइएको छ । साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएर आएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। 

    सेवा अवधि एक वर्ष बढी कार्यकाल बाँकी रहेका सचिव पोखरेल राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका थिए ।  अधिकारी भने भदौ ४ मा अनिवार्य अवकाशमा जाँदै थिए। 

    सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धामाधम राजीनामा दिन थालेका छन्।

    त्यस क्रममा करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएका राष्ट्रिय किताबखानाको रेकर्डमा उल्लेख छ।


    images
    images

    Logo