images
images

नेपाल ल्याइयो थप तीन आरोहीको शव


  • 267
    SHARES
  • २०८३ श्रावण २६ गते मंगलबार

    नेपाल ल्याइयो थप तीन आरोहीको शव

    काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ।

    किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।

    उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ।साउन १४ मा हिमपहिरोमा परेर उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरूङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पा गरेर ६ नेपाली र अन्य ४ जनाको निधन भएको थियो।


    images
    images

    Logo