काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि खोप अभियान पुनः सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले खोप कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएपछि यसअघि पहिलो चरणको खोप लगाइएको व्यक्तिलाई दोस्रो चरणको खोप लगाउन लागिएको हो ।
वाग्मती प्रदेश सरकार अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकामा भोलिदेखि खोप लगाइने केन्द्र तोकेको छ । कार्यालयका अनुसार काडमाडौं उपत्यकाका ३३ केन्द्र, कीर्तिपूर, गोकर्गेश्वर, नागार्जुनका २÷२ र चन्द्रागिरि नगरपालिकाका ३ केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।
क–कसले पाउँछन् खोप ?
कार्यालयका अनुसार यसअघि खोप लगाइएका १८ देखि ५९ वर्ष समूहका नागरिकले यो खोप अभियानमा सहभागी भई खोप लगाउन सक्नेछन् । यसअघि चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म खोप कार्यक्रम सञ्चालन भएको थियो । यसअघि खोप लगाएको समय अनुसार कार्यालयले खोप लगाउन भोलिदेखि ११ गतेसम्मको मिति तोकेको छ ।




