images
images

बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग पूर्णरुपमा अबरुद्ध


  • 180
    SHARES
  • २०८३ श्रावण २० गते बुधबार

    बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग पूर्णरुपमा अबरुद्ध

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न मुख्य तथा शाखा राजमार्ग मा यातायात अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण ती राजमार्गमा यातायात सेवा प्रभावित भएको हो।

    नेपाल प्रहरीको आज बिहान ६ः२० बजेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी–जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्। सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग ठप्प भएको हो हो । 

    त्यसैगरी मुस्ताङको थासाङमा पहिरोले सडक अवरुद्ध भएको छ। त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक र दोलखाको लामासाँगु–रमेछाप राजमार्गमा पनि बाढीका कारण सवारी आवतजावत पूर्ण रूपमा बन्द छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। 

    बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको हेटौँडा–ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

    उता काठमाडौँको सितापाइला–धार्के सडक, भोजपुरको मध्य पहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी कोरिडोर र मनाङको चामे–बेसीसहर सडकमा भने पहिरो पन्छाएर यातायात एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ। 




    images
    images

    Logo