images
images

विश्वकप नकआउट चरणमा पुग्ने सबै ३२ वटै टीमको टुंगो


  • 177
    SHARES
  • २०८३ आषाढ १४ गते आइतबार

    विश्वकप नकआउट चरणमा पुग्ने सबै ३२ वटै टीमको टुंगो

    काठमाडौं। फिफा विश्वकपको नकआउट चरणमा पुग्ने सबै ३२ वटै टीमको टुंगो लागेको छ। समूह जे का दुई खेलहरु आज बिहान सम्पन्न भएसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिएका हुन्। 

    योसँगै राउन्ड अफ ३२ को समीकरण पनि पूरा भएको छ। पहिलोपटक ४८ टोली सहभागि यस प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै पहिलोपटक विश्वकप खेलेको केप भर्डेले अन्तिम ३२ मा स्थान बनाएर इतिहांस रचेको छ । 

    कुन टीमको प्रतिद्वन्द्वी को ?
    जर्मनी र पाराग्वे
    पोर्चुगल र क्रोएसिया
    नेदरल्यान्ड्स र मोरक्को
    दक्षिण अफ्रिका र क्यानडा
    ब्राजिल र जापान
    अर्जेन्टिना र केप भर्ड
    स्पेन र अष्ट्रिया
    फ्रान्स र स्विडेन
    मेक्सिको र इक्वेडर
    इंग्ल्यान्ड र डीआर कंगो
    बेल्जियम र सेनेगल
    अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
    स्विट्जरल्यान्ड र अल्जेरिया
    अष्ट्रेलिया र इजिप्ट
    कोलम्बिया र घाना
    आइभरी कोस्ट र नर्वे




    images
    images

    Logo