images
images

रेडमी नोट–१० प्रो नेपाली बजारमा,कति पर्छ मुल्य ?


  • 1.2K
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    रेडमी नोट–१० प्रो नेपाली बजारमा,कति पर्छ मुल्य ?

    काठमाडौं। नेपाली बजारमा साओमीले रेडमी नोट –१० प्रो भित्राएको छ ।  

    यस सिरिजमा ६ जिबी ¥याम सहित १२८ जिबी इन्टरनल स्टोरेज रहेको छ ।

    यसमा १०८ मेगापिक्सल क्वाड क्यामरा जडान गरिएको छ ।  

    सेटमा ५०२० एमएएच ब्याट्री रहेको छ जसले फोनमा ब्याट्री लामो समय सम्म खपत हुने साओमीले बताएको छ ।

    यसमा  ६.६७ इन्चको एमोएलइडी डिस्प्ले रहेको छ । 

    रेडमी नोट १० प्रो अन्एक्स खरानी, ग्लेसियर नीलो र ग्रेडियन्ट ब्रोन्ज यी तीन रङमा उपलब्ध रहेको छ । 

    फोनमा आर्क साइड फिंगर प्रिन्ट सेन्सर, डुअल स्पिकर जडान गरिएको छ ।

    मोबाइल पानी तथा धुलो रेसिस्टेन्ट रहेको कम्पनीले जनाएको छ।

    कम्पनीले फोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ तय गरेको छ। साओमी नेपालले रेडमी नोट १० प्रो छिट्टै देशभरका आधिकारिक स्टोरहरुमा उपलब्ध हुने जनाएको छ।


    images
    images

    Logo