images
images

पेट्रोलियम उत्पादनको तयारीमा सरकार, दोस्रो चरणको सम्झौताका लागि गृहकार्य तीव्र


  • 184
    SHARES
  • २०८३ जेठ १६ गते शनिबार

    पेट्रोलियम उत्पादनको तयारीमा सरकार, दोस्रो चरणको सम्झौताका लागि गृहकार्य तीव्र

    काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्यलाई तीव्रता दिएको छ ।

    विभागले चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत व्यावसायिक उत्खननको प्रक्रिया अगाडि बढाउन थप सहकार्यका लागि आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

    परियोजनाअन्तर्गत दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सम्पन्न भइसकेको छ ।

    विभागका अनुसार व्यावसायिक उत्पादन शुरू गर्न आवश्यक प्रक्रिया अघि बढाउन सरकारसँग समन्वय भइरहेको छ ।

    परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा भूकम्पीय अध्ययन, भूगर्भीय अध्ययन, चुम्बकीय–विद्युतीय अध्ययन तथा भू–रासायनिक नमुना सङ्कलन र परीक्षणको कार्य सम्पन्न भएको जानकारी दिए ।

    सङ्कलित नमूनाको परीक्षणबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको सम्भावना पुष्टि भएको विभागले जनाएको छ ।

    परियोजना सफल भए नेपालले पेट्रोलियम पदार्थ आयातमा खर्च हुँदै आएको ठूलो रकम बचत गर्न सक्ने अपेक्षा गरिएको छ ।


    images
    images

    Logo