images
images

निषेधाज्ञाले डेरी क्षेत्रमा दैनिक १० करोड घाटा


  • 641
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    निषेधाज्ञाले डेरी क्षेत्रमा दैनिक १० करोड घाटा

    काठमाडौं । दैनिक रुपमा उत्पादन गरी खपत हुने दुग्ध क्षेत्रमा सरकारले लागू गरेको निषेधाज्ञाले बजारमा बिक्री हुन नसक्दा प्रभाव परेको छ ।

    निषेधाज्ञाले ६० प्रतिशतले दुग्ध क्षेत्रको बजार गुमेको डेरी उद्योग एशोशिएसनका महासचिव प्रह्लाद दाहालले जानकारी दिए ।

    उनका अनुसार सामान्य अवस्थामा ३२ लाख लिटर देशभर खपत हुँदै आएको दुध अहिले निषेधाज्ञाले गर्दा दैनिक १३ लाख लिटर खपत भइरहेको बताए । साथै, डेरी क्षेत्रमा दैनिक १० करोडको घाटा रहेको उनले दावी गरे ।

    त्यस्तै, नेपाल डेरी एशोेसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले पनि अहिले उत्पादन भएका ४० प्रतिशत दुध मात्रै खपत भएको बताए । उनका अनुसार देशभर तीब्र रुपमा कोरोना संक्रमण बढेसँगै किसानहरूले उत्पादन भएको दुधको व्यवस्थापन गरेको बताए ।

    सामान्य अवस्थामा देशभर दैनिक करिब ६२ लाख लिटर दुध उत्पादन हुने गर्दछ । उक्त उत्पादन भएका ५० प्रतिशत बजारमा प्रशोधन नभईकन बजारमा पुग्दछ ।

    त्यसमा औपचारिक क्षेत्रबाट १७ प्रतिशत अर्थात ९, १० लाख लिटर दुध प्रशोधन भएर बजार जाने गर्दछ भने अनौपचारिक क्षेत्रबाट ३३ प्रतिशत अर्थात १८, १९ लाख लिटर दुध प्रशोधन भएर बजारमा पुग्दछ । तर, अहिले निषेधाज्ञाले भने करिब ४ लाख मात्रै औपचारिक क्षेत्रमा खपत भएको उनको भनाइ छ ।



    images
    images

    Logo