images
images

बङ्गलादेश बैंकले सरकारलाई उपलब्ध गरायो ५ हजार भायल रेम्डेसिभिर औषधि


  • 495
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    बङ्गलादेश बैंकले सरकारलाई उपलब्ध गरायो ५ हजार भायल रेम्डेसिभिर औषधि

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले नेपाल सरकारलाई रेम्डेसिभिर औषधि सहयोग गरेको छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर सरकारलाई सो औषधि सहयोग गरेको हो ।

    कोभिड–१९ संक्रमित विरामीको उपचारमा प्रयोग हुँदै आएको उक्त औषधिको ५ हजार भायल बैंकले आफ्नो संस्थागत उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रमअन्तर्गत उपलब्ध गराएको हो ।  

    उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसीले २८ वैशाखमा हस्तारन्तरण गरेको थियो । 

    यसअघि पनि नेपाल बङ्गलादेश बैंकले आईएफआईसी र बङ्गलादेशको बेक्सिमको फर्मास्यूटिकल कम्पनीसँग मिलेर ५ हजार भायल रेम्डेसिभिर औषधि नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।


    images
    images

    Logo