images
images

आज अक्षय तृतीया, नयाँ व्यापार तथा व्यवसाय शुरु गर्दा उत्तम


  • 992
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    आज अक्षय तृतीया, नयाँ व्यापार तथा व्यवसाय शुरु गर्दा उत्तम

    काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । अक्षय तृतीयाको दिन नयाँ व्यापार तथा व्यवसाय शुरु गर्दा उत्तम हुने जनविश्वास रहि आएको छ । ज्योतिषशास्त्रका अनुसार आजको दिन विशेष गरेर विवाह, गृह प्रवेश राम्रो मानिन्छ भने पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा गर्न पनि यस दिन अति उत्तम हुने मानिन्छ ।

    यस दिन शिव–पार्वतीको विवाह भएको अर्थात भगवान विष्णुले परशुराम अवतारको रुपमा जन्म दिन भएकाले पनि आजको दिनलाई स्वयंसिद्ध मुहूर्त भएको दिनको रुपमा लिइन्छ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

    पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमकाअनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । सो कारण आजको दिन पञ्चांग नहेरी कुनै पनि शुभकार्य गर्न सकिन्छ । हिन्दू धर्म अनुसार आजको दिन जौको सातु र सर्वत खाएर मनाइन्छ । आजैका दिनदेखि त्रेता युगको शुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 


    images
    images

    Logo