images
images

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो


  • 170
    SHARES
  • २०८२ चैत्र १८ गते बुधबार

    उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

    गाईघाट (उदयपुर) । जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैतेधान रोपिएको छ । 

    जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी संगीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले बताइन् । “खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु”, उनले भनिन् । 

    जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ ।  


    images
    images

    Logo