images
images

रिज लाइन इनर्जीको आईपीओ आजदेखि


  • 207
    SHARES
  • २०८२ माघ २८ गते बुधबार

    रिज लाइन इनर्जीको आईपीओ आजदेखि

    काठमाडौं । रिज लाइन इनर्जीको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।


    कम्पनीले दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता शेयर कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको छ ।

    सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।यस्तो  निष्काशन बन्द छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते हुनेछ।

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo