images
images

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए शेयर


  • 226
    SHARES
  • २०८२ माघ २७ गते मंगलबार

    भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए शेयर

    काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरिएको छ । ८३ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

    कम्पनीले गत माघ १२ देखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

    आईपीओमा २५ लाख ७९ हजार ९२० जनाले २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन् ।

    आईपीओको नजिता भुजुङ्ग हाइड्रोपावरको वेवसाइट, कुमारी क्यापिटलको वेवसाइट, मेरो सेयर र सिडिएससीले आईपीओको नजिता हेर्न बनाएको वेवसाइटबाट थाहा पाउन सकिने छ।

     


    images
    images

    Logo