images
images

बैतडी बस दुर्घटना : मृतक परिवारलाई १/१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय


  • 293
    SHARES
  • २०८२ माघ २३ गते शुक्रबार

    बैतडी बस दुर्घटना : मृतक परिवारलाई १/१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

    बैतडी। बैतडीमा १३ जनाको मृत्यु भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ। 

    शुक्रबार सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो।बैठकले घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।

    यस्तै बैठकले बस दुर्घटनामा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधि भरीको ‍औषधि उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

    बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा ३४ जना घाइते भएका छन् । २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनालो धनगढीको निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदेश सरकारले दुर्घटनामा परी घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौंसम्म लग्न आवश्यक भए हेलिकप्टर व्यवस्था गरेको जनाएको छ ।

    त्यसैगरी बैतडीको पुरचौड़ी नगरपालिकाले आज शोक बिदा पनि दिएको छ।


    images
    images

    Logo