images
images

एसईई परीक्षा चैत १९ देखि, ५ लाख १७ हजार सहभागी हुने


  • 269
    SHARES
  • २०८२ माघ ७ गते बुधबार

    एसईई परीक्षा  चैत १९ देखि, ५ लाख १७ हजार सहभागी हुने

    भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० चैत १९ देखि हुने भएको छ । सो परिक्षा २९ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले जनाएको छ । 

    बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्। 

    २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसअघि एसईई परीक्षा  चैतको पहिलो साता सञ्चालन गर्दै आएको थियोे।  

    निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा केहि परिमार्जन गरिएको बोर्डले जनाएको छ।




    images
    images

    Logo