images
images

लगातार तीन दिन नेप्से बन्द, सोमबार मात्रै खुल्ने


  • 223
    SHARES
  • २०८२ पौष २४ गते बिहीबार

    लगातार तीन दिन नेप्से बन्द, सोमबार मात्रै खुल्ने

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार तीन दिन बन्द हुने भएको छ । साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण सेयर बजार अब आगामी सोमबार मात्रै खुल्ने भएको हो।

    आज साताको अन्तिम कारोबारको दिन बिहीबारको कारोबार सकिएसँगै अब आगामी सोमबारबाट मात्रै  नियमित कारोबार हुनेछ। भोलि शुक्रवार र र पर्सि शनिवार साप्ताहिक बिदा परेकाले बजार बन्द रहनेछ।

    त्यसैगरी, आउँदो आइतबार पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सो दिन पनि सेयर बजार बन्द हुनेछ । त्यसैले अब तीन दिनको बिदापछि आगामी पुस २८ गते सोमबारदेखि मात्रै सेयर कारोबार हुनेछ ।


    images
    images

    Logo