images
images

आईपीओ निष्काशनका लागि पाल्पा सिमेन्ट इन्डष्ट्रिजले पायो अनुमति


  • 223
    SHARES
  • २०८२ पौष ९ गते बुधबार

    आईपीओ निष्काशनका लागि पाल्पा सिमेन्ट इन्डष्ट्रिजले पायो अनुमति

    काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बुधबार बोर्डले कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । 

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। 

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।


    images
    images

    Logo