images
images

सालपा विकास बैंकको आइपीओ मंसिर २५ गतेदेखि


  • 192
    SHARES
  • २०८२ मंसिर १६ गते मंगलबार

    सालपा विकास बैंकको आइपीओ मंसिर २५ गतेदेखि

    काठमाडौं । सालपा विकास बैंकको आइपीओ मंसिर २५ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पहिलो भरणमा बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ।

    सो मध्ये, १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओनिष्काशन बन्द छिटोमा मंसिर २९ गते हुनेछ भने ढिलोमा पुस १० गते हुनेछ। 

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo