images
images

निषेधाज्ञामा अधिकांश खाद्यान्नको मूल्यवृद्धि


  • 707
    SHARES
  • २०७८ बैशाख २९ गते बुधबार

    निषेधाज्ञामा अधिकांश खाद्यान्नको मूल्यवृद्धि

    काठमाडौं । निषेधाज्ञाको अवधिमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि भएको छ ।

    निषेधाज्ञामा अधिकांश खाद्यान्नको मूल्य बढाएको व्यापारीहरू बताउँछन् ।

    यस्तै हाल दैनिक उपभोग्य दाल, गेडागुडीमा १५ देखि २० रुपैयाँसम्म बढेको छ ।

    त्यस्तै चिनीमा १० रुपैयाँ र चामलमा एक सय रुपैयाँसम्म बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र कुमार श्रेष्ठले बताए ।

    हाल बजारमा पूर्ण रुपमा निषेधाज्ञा लागू गरेको अवस्थामा सरकारले तोकेको समयमा खुद्रा व्यापारीहरूले व्यापार गर्दै आएका छन् ।

    तर, निषेधाज्ञाको समयमा खाद्यान्न अभाव तथा आपूर्ति गर्न सहज नभएको भन्दै खाद्यान्न वस्तुहरूमा मूल्य बढाएको पाएको उनको भनाइ छ ।

    उनका अनुसार खुद्रा व्यापारीबाट भन्दा पनि उद्योग तथा ठूलो व्यापारीबाटै खुद्रा व्यापारीलाई चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य बनाएको बताए ।

    निषेधाज्ञा अघिसम्म मूल्य नबढेको खाद्यान्नहरू पछिल्ला दिनमा ठूला व्यापारीले नयाँ खाद्यान्नमा खुद्रा व्यापारसँग चर्को शुल्क लिइरहेको हुनाले सोही अनुसार खुद्रा व्यापारीहरूले बिक्री गरिरहेको उनले बताए ।


    images
    images

    Logo