images
images

चौलागाईँको निधनमा देशभरका पार्टी कार्यालयमा  शोकपुस्तिका राखिने


  • 370
    SHARES
  • २०७८ बैशाख २९ गते बुधबार

    चौलागाईँको निधनमा देशभरका पार्टी कार्यालयमा  शोकपुस्तिका राखिने

    काठमाडौं । नेकपा एमाले ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा  शोकपुस्तिका  राख्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।  

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाई को तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिए  ।      

    पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    चौलागाईं दोलखा बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद भएका थिए ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताए । 

    पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाए ।


    images
    images

    Logo