काठमाडौं । नेप्से कारोबार बुधबारका दिन बन्द हुँदा हरियो देखिएको छ ।
नेप्से परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ अंकमा पुगेको छ ।
यो दिनको कारोबारमा १ करोड ४८ लाख कित्ता सेयर ५ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १०६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा ३ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
जसमा नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल तराई, आँखुखोला जलविद्युत् कम्पनी छन् ।