images
images

चिकित्सा क्षेत्रको अध्ययन शुल्क तोकियो, एमबिबिएस पढ्न ४५ लाख, अरु विषय पढ्न कति ?


  • 1.0K
    SHARES
  • २०७८ बैशाख २९ गते बुधबार

    चिकित्सा क्षेत्रको अध्ययन शुल्क तोकियो, एमबिबिएस पढ्न ४५ लाख, अरु विषय पढ्न कति ?

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनको शुल्क निर्धारण गरेको छ । आगामी शैक्षिक कार्यक्रमका लागु हुनेगरी आयोगले चिकित्सा क्षेत्रका १७ वटा विषयको अध्ययन शुल्क निर्धारण गरेको हो । गत माघ ९ गते बसेको आयोगको बैठकको निर्णय अनुसार यस्तो शुल्क तोकिएको आयोगले जनाएको छ । 

    निर्धारित शुल्क अनुसार अब काठमाडौं उपत्यकाभित्रका मेडिकल कलेजहरुले एमबिबिएस अध्ययनको लागि बढिमा ४० लाख २३ हजार २ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन् । उपत्यका बाहिरका मेडिकल कलेजको हकमा ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

    त्यस्तै, बीडीएसका लागि २० लाख १९ हजार ५ सय ८० रुपैयाँ, विएस्सी नर्सिङका लागि ७ लाख ५० हजार रुपैंया, बीएएमएसका लागि १० लाख ९२ हजार ६ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

    त्यस्तै, बीएनएसका लागि ५ लाख, बीफार्मका लागि ७ लाख ५० हजार, क्लिनिकल एमडी÷एमएसका लागि २२ लाख ९९ हजार, आधारभूत एमडी/एमएसका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैंयाँ शुल्क तोकिएको छ । 

    क्लिनिकल एमडीएसका लागि २२ लाख ९९ हजार, आधारभूत एमडीएसका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ, एमडी आयुर्वेदका लागि ९ लाख २४ हजार ३ सय ६५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

    उता, एमएन/एमएससी नर्सिङ/एमपीएच ८ लाख ८८ हजार २ सय ५० रुपैयाँ, एम फार्मका लागि ५ लाख १ हजार ६ सय शुल्क तोकिएको छ । 


    images
    images

    Logo