images
images

बीमा प्राधिकरणको अध्यक्षका लागि १४ आकांक्षी


  • 358
    SHARES
  • २०८२ भाद्र २१ गते शनिबार

    बीमा प्राधिकरणको अध्यक्षका लागि १४ आकांक्षी

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले सात दिनको समयावधिमा प्राप्त दरखास्तहरूको सूची सार्वजनिक गरेको हो ।

    अध्यक्ष बन्न आवेदन दिने व्यक्तिहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन् ।

    बीमा प्राधिकरणको अध्यक्ष सिफारिसका लागि समितिले २०८२ भदौ १३ गतेदेखि आवेदन आह्वान गरेको थियो ।


    images
    images

    Logo