images
images

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भदौ ११ गतेदेखि


  • 763
    SHARES
  • २०८२ भाद्र ३ गते मंगलबार

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भदौ ११ गतेदेखि

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले  ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये  १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको  १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

     साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    सो आईपीओमा न्यूनतम १० कित्ता र  अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 


    images
    images

    Logo