images
images

व्यावसायिक पशुपालनले विदेशको भन्दा दोब्बर कमाइ


  • 659
    SHARES
  • २०७८ बैशाख २९ गते बुधबार

    व्यावसायिक पशुपालनले विदेशको भन्दा दोब्बर कमाइ

    तनहुँ । भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लागेका छन्।

    गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी भएको बताए ।

    शुरुमा करिब रु १५ लाखबाट व्यवसाय थालेका अधिकारीले अहिले करिब रु ७० लाख लगानी भइसकेको बताए ।

    हाल उनका खोरमा ११७ वटा बाख्रा छन् । मिर्लुङ्ग बहुउद्देश्यीय कृषिफार्म प्रालि दर्ता गरी किसान अधिकारीले भैँसीपालन तथा तरकारी खेतीसमेत गर्ने योजना रहेको बताए ।

    बोर जातको उन्नत बोकाबाट स्थानीय जातको बाख्रामा क्रस गराएर ब्याडका रूपमा बोका उत्पादन गरी बिक्री गर्दै आएको उनले बताए।


    स्थानीय जातको बाख्राको तुलनामा बोर जातको बाख्राको मासु दोब्बरले उत्पादन वृद्धि हुने हुँदा किसानले छोटो अवधिमा राम्रो मूल्य पाउन सक्नेछन् ।

    शुरुशुरुमा प्रतिकिलो रु एक हजार १०० सम्म बिक्री गर्ने गरिए पनि अहिले रु आठ÷नौ सयमा बिक्री गर्दै आएको किसान अधिकारीले बताए ।

    तीन महिनाको पाठापाठी १५ किलोभन्दा माथिका हुन्छन् । दूध छुटेपछि पनि करिब २० दिन पालेपछि बिक्री गर्न लायकका हुन्छन् ।

    आफ्नो र भाडामा गरी १२२ रोपनी क्षेत्रफलमा फार्म स्थापना गरिएको र करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाइएको किसान अधिकारीले  बताए । फार्ममा अधिकारी परिवारसहित अन्य तीन कामदारले काम गर्दै आएका छन् । 


    images
    images

    Logo