images
images

महिला फिफा वरीयतामा नेपालको फड्को, हालसम्मकै उच्च वरीयतामा


  • 755
    SHARES
  • २०८२ श्रावण २२ गते बिहीबार

    महिला फिफा वरीयतामा नेपालको फड्को, हालसम्मकै उच्च वरीयतामा

    काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले फिफा वरीयतामा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार १३ स्थान सुधार गर्दै नेपाल ८७औँ स्थानमा उक्लिएको हो। जुन हालसम्मकै सर्वोच्च वरीयता हो । यसअघि १००औँ स्थानमा थियो।

    सन् २००३ बाट सुरु भएको महिला वरीयताको इतिहासमा यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित सूचीमा ९१औं स्थान हासिल गर्नु नेपालको सबैभन्दा उच्च वरीयता थियो।

    नेपालसँगै दक्षिण एसियाका ५ वटा राष्ट्रका महिला फुटबल टिमले वरीयतामा सुधार गरेका छन्। माल्दिभ्स र श्रीलंका भने २ स्थान तल झरेको छ। हालः फिफा वरीयतामा सर्वाधिक छलाङ बंगलादेश महिला फुटबल टिमले मारेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १०४औं स्थानमा उक्लिएको छ। 

    भारतले ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ। पाकिस्तानले ३ स्थान सुधार गर्दै १५४औं स्थानमा, श्रीलंका महिला फुटबल टिम २ स्थान तल १६१औं स्थानमा झरेको छ। भुटान ८ स्थान सुधार गर्दै १६३औं स्थानमा छ। माल्दिभ्स २ स्थान तल झर्दै १६५औं स्थानमा रहेको छ। फिफा वरीयतामा स्पेन महिला फुटबल टिम शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका दोस्रो स्थानमा झरेको छ। 

    एसियाली देशहरूमा भने नेपाल १६औँ स्थानमा छ। दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ। भारतको विश्ववरीयता ६७ छ भने एसियाली देशबिच १२औँ स्थानमा छ।


    images
    images

    Logo