काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्का बैठकका १८ निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार सार्वजनिक गरेका हुन् ।
सरकारले बालविवाह अन्त्य र श्रम आप्रवासनसम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गर्नुका साथै आवश्यक सेवामा हडताल गर्न नपाइनेजस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
यस्तै आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको छ ।
बैठकले एमसीए–नेपाल अन्तर्गतका आयोजनामा काम गर्ने कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने र एमसीसी फन्डिङको कर छुट कार्यान्वयनसम्बन्धी पत्र स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरू :





