काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले हकप्रद निष्काशनका लागि बिहीबार अनुमति पाएको हो ।
कम्पनीले १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७७ कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।