images
images

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थपियो


  • 320
    SHARES
  • २०८२ श्रावण १३ गते मंगलबार

    एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थपियो

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको  हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीको हकप्रदमा आवेदन दिने समय अब साउन २० गतेसम्म थप भएको हो । 

    कम्पनीले चुक्तापुँजी १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा  हकप्रद जारी गरेको हो। कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद जारी गरेको छ।

    हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले यही जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो।  जसअनुसार जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

    हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


    images
    images

    Logo