images
images

एक वर्षमा करिब २४ सय प्रहरीको राजीनामा


  • 311
    SHARES
  • २०८२ श्रावण ११ गते आइतबार

    एक वर्षमा करिब २४ सय प्रहरीको राजीनामा

    काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ मा २ हजार ३ सय ६९ जना प्रहरीले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयले आज पत्रकार सम्मेलन गरेर पेन्सन नभई राजीनामा दिएका प्रहरीको सङ्ख्याबारेमा जानकारी गराएको हो ।

    राजीनामा दिनुमा सरुवा, बढुवा, वृत्ति विकासलगायतमा देखिएको असन्तुष्टिको असरसँगै कतिपय वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जानकारी दिए ।

    कतिपय प्रहरीले भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिने गरेका छन् । अहिले प्रहरीमा ४ हजार ७ सय ३५ वटा दरबन्दी खाली रहेका छन् ।

    यसैबीच गएको आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधका ५८ हजार ४ सय ७२ वटा जाहेरी परेको छ । प्रहरीमा दैनिक रूपमा झन्डै एक सय ६० वटा मुद्दा दर्ता हुने गरेको डीआईजी घिमिरेले जानकारी दिए ।

    यस्तै गएको आर्थिक वर्ष ६ हजार ८ सय ५२ वटा आत्महत्याका घटना दर्ता भएका छन् ।

    यस्तै नेपाल प्रहरीले गएको आर्थिक वर्षमा ९६ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको छ । ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार बजेट रहेकोमा ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार रुपैयाँ खर्च भएको घिमिरेले बताए । चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रहरीले ६० अर्ब ९५ करोड १३ लाख रुपैयाँ बजेट पाएको छ ।


    images
    images

    Logo