images
images

नयाँ मौद्रिक नीतिको प्रभाव : ७९ अंकले बढ्यो नेप्से, साढे १६ अर्बको कारोबार


  • 604
    SHARES
  • २०८२ श्रावण १ गते बिहीबार

    नयाँ मौद्रिक नीतिको प्रभाव : ७९ अंकले बढ्यो नेप्से, साढे १६ अर्बको कारोबार

    काठमाडौं । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ७९.८२ अंकले बढेको छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नै नेप्से उच्च अंकले बढेको हो । 

    मंगलबार ३४.४६ अंक र बुधबार ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा पुगेको नेप्से आज थप ७९.८२ अंकले बढेर २८७४.६० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका २४८ कम्पनीहरुमध्ये २३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । बजारमा रहेका १३ वटैउपसमूहको सूचक आज बढेको छ । 

    नेप्से उच्च अंकले बढ्दा ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरुमा ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड र थ्री स्टार पावर लिमिटेड रहेका छन् ।

    आज बजारमा १ अर्ब ६५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । उच्च कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

    चालू आर्थिक वर्षको नयाँ मौद्रिक नीतिमा व्यक्तिले लिन सक्ने सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेप्सेमा देखिएको छ । 


    images
    images

    Logo