images
images

तीन सातापछि ताप्लेजुङमा हवाई उडान


  • 347
    SHARES
  • २०८२ आषाढ २३ गते सोमबार

    तीन सातापछि ताप्लेजुङमा हवाई उडान
    ताप्लेजुङ । ताप्लेजुङमा तीन सातापछि  हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो । 
     
    नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौँबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।
     
    बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए। हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँसम्म प्रति व्यक्ति रु नौ हजार २००  भाडा दर कायम गरिएको छ ।


    images
    images

    Logo