images
images

सुधि त्रिपाठीसहित भक्तपुरका ३० विद्यार्थीले ल्याए चार जीपीए


  • 414
    SHARES
  • २०८२ आषाढ १४ गते शनिबार

    सुधि त्रिपाठीसहित भक्तपुरका ३० विद्यार्थीले ल्याए चार जीपीए

    भक्तपुर । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याएका छन् । दधिकाेटस्थित मोडन इङलिस स्कुलकी छात्रा सुधी त्रिपाठी सहित भक्तपुरका ३० जनाले चार जिपिए ल्याएका हुन् । 

    त्यसैगरी चाँगुनारायण नगरपालिकाको सुडालस्थित महेन्द्रग्राम माविकी विद्यार्थी गोमा श्रेष्ठले पनि ४ जीपीए ल्याएको बताइएको छ । श्रेष्ठले सामुदायिक बिधालयबाट चार जिपिए ल्याएकी हुन् । 

    अन्य विद्यालयका विद्यार्थीले पनि ४ जीपिए हासिल गरेको जनाए पनि त्यो भने खुल्न सकेको छैन । 

    परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार याे बर्ष मुलुकभरका नौ सय ७१ जनाले चार जीपीए ल्याएका छन् । जसमध्ये सबैभन्दा बढी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७ जना रहेका छन् । 

    त्यसैगरी कास्कीका ६५, चितवनका ३७, धनुषाका २० जना छन्  मोरङका १८ र कैलालीका ७ जनाले पनि चार जीपीए ल्याएका छन् । 

    मेधा माविका सबै विद्यार्थी उतिर्ण, ३ जनाको ४ जीपीए

    भक्तपुरको मेधा माध्यमिक विद्यालयका तीन विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीए ल्याएका छन् । विद्यालयमा प्रधानाध्यापक श्याम हाडाका अनुसार, भक्तपुरको तेखापुखुस्थित उक्त विद्यालयका तीन विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । 

    जिल्लामा मात्र नभएर मुलुकभरमै उत्कृष्ठ सामुदायिक विद्यालयको पहिचान बनाएको सो बिद्यालयबाट परिक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ३ जनाको ४ जीपीए, ६३ जनाको ए प्लस, २७ जनाको ए, जीपीए आएको छ । सो विद्यालयबाट ९३ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए ।


    images
    images

    Logo