images
images

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


  • 421
    SHARES
  • २०८२ जेठ २१ गते बुधबार

    यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    काठमाडौं । कर्णाली प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

    प्रदेश प्रमुख नजिर मियाँले आज संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्याउको विकास र विस्तारका लागि बोर्ड गठन गरिने बताएका हुन् । किवी, ड्रराइगन, आँप, लिची, केरालगायतका फलफूलमा दिगो प्रतिस्पर्धा तथा आत्मनिर्भर बनाउन कम्तीमा ३ वर्षसम्म बिरुवा सङ्ख्याको आधारमा प्रोत्साहन उपलब्ध गराउने सरकाले नीति लिएको छ ।

    अधुरा आयोजनाको अध्ययन गरी लगानी गर्ने, वित्तीय अनुशासन र व्यवस्थापनका लागि आर्थिक प्रणालीमा सुधार ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई रोजगारी र रोजगारीमार्फत आत्मनिर्भर नागरिक बनाउनेतर्फ जोड दिने, हुम्लाको सिमकोटलाई मानसरोवर तथा कैलाश पर्वतको प्रवेशद्वारका रूपमा विकास गर्ने सरकारकाे नीति छ ।


    images
    images

    Logo