images
images

१० महिनामा ८ हजार बढी विपद्का घटना


  • 426
    SHARES
  • २०८२ जेठ १० गते शनिबार

    १० महिनामा ८ हजार बढी विपद्का घटना

    काठमाडौं । पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन् । 

    ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार गएको मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो । प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए । ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन् । कूल ३२ परिवार विस्थापित भएको उनले बताए ।

    ती विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ । 

    केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ । जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।


    images
    images

    Logo