images
images

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा


  • 346
    SHARES
  • २०८२ जेठ ९ गते शुक्रबार

    नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा
    काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ । 
     
    समूहका संयोजक प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले उक्त बैठक सिंहदरबारस्थित अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको हलमा बस्न लागेको जानकारी दिए ।  
     
    नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको उनले बताए । 
     
    यस समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्बाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र डा चन्द्रकान्त राउत सदस्य छन् । 
     
    नेपालको संसद्ले विभिन्न देशका संसदसँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाएको छ ।

     


    images
    images

    Logo