images
images

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त


  • 508
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त

    काठमाडौं । भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि कोरोना पोजेटिभ भएका पूर्वराजा ज्ञानेन्द्र शाह निको भएका छन्।

    थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। 

    अस्पतालका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अक्सिजन सपोर्ट बन्द गरिएको छ।

    नर्भिकमै उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै गएको छ।

    काठमाडौं आएर पिसिआर परीक्षण गर्दा कोरोना देखिएपछि उनीहरु १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए। जसमध्ये कोमलको अवस्था जटिल भएको थियो।

    उनलाई सुरुमा अक्सिजन सपोर्ट दिएर अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो।

    हाल रानी कोमललाई पनि आइसियुबाट वार्डमा जनरल वार्डमा सारिएको छ।

    हाल कोमललाई पनि अक्सिजन सपोर्ट घटाइएको छ। 

    पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो। 


    images
    images

    Logo