images
images

उपचारपछि सांसद दुर्लभ थापा स्वदेश फिर्ता


  • 427
    SHARES
  • २०८२ बैशाख २२ गते सोमबार

    उपचारपछि सांसद दुर्लभ थापा स्वदेश फिर्ता

    भक्तपुर । संघीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा तीन सातालामो स्वास्थ उपचारपछि स्वदेश फर्केका छन् । भारतको नयाँदिल्लीस्थित अपोलो स्पेक्ट्रा अस्पतालमा शल्यक्रिया गरेका थापा आइतबार साँझ स्वदेश फर्केका हुन् । 

    उपचारपछि स्वदेश फर्कने क्रममा थापालाई स्वागत गर्न ठुलो संख्यामा भक्तपुर कांग्रेसका नेता, कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद थापाको बायाँ पट्टिको हिप रिप्लेस्मेन्ट सर्जरी सफल्ता पुर्वक सम्पन्न गरेर स्वदेश फर्कीनु भएको  स्वकीय शुभासिश ढकालले बताए । 

    डा. सुनिल टुलि र उनको टीमले  थापाको शल्यक्रिया गरेका थिए । यस अघि पनि डा। टुली नेतृत्वको चिकित्सक टोलीले सांसद थापाको दायाँ हिप रिप्लेसमेन्ट गरेका थिए। दुबै हिप रिप्लेसमेन्ट गरेका  सांसद थापालाई आरामको खाँचो रहेको भन्दै चिकित्सकले केही समय औपचारिक कार्यक्रममा सहभागि नहुन आग्रह गरेका छन्। 

    उपचारकै क्रममा पनि थापाको स्वास्थ लाभको कामनागर्दै ठुलो संख्यामा नेता कार्यकर्ता नयाँदिल्ली पुुगेका थिए । त्यसै क्रममा चाँगुनारायण नगरपलिकाका उप प्रमुख रमेश बुढाथोकी लगायतका नेताहरू स्थास्थ्य लाभको कामनागर्दै भेट्न पुुगेको थापाको सचिवालयले जनाएको छ । 


    images
    images

    Logo