images
images

कान्तिलोकपथ सडक सञ्चालन


  • 565
    SHARES
  • २०८२ बैशाख २१ गते आइतबार

    कान्तिलोकपथ सडक सञ्चालन
    बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ । 
     
    मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो । 
     
    सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ । 

     


    images
    images

    Logo